तराईमा तापक्रम बढ्दो, आवश्यक सतर्कता अपनाउन आग्रह

<span class='c1'>तराईमा तापक्रम बढ्दो, आवश्यक</span> <span class='c2'>सतर्कता अपनाउन आग्रह</span>

देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको छ । तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

यसैबीच, देशको पहाडी भू–भागका थोरै स्थानमा आज पनि मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहँदा आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ ।
देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली  रही  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली  रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्