विभिन्न बहाना बनाएर भारतलगायत तेस्रो मुलुक पुर्याइन लागिका सात चेलीहरुको उद्दार

<span class='c1'>विभिन्न बहाना बनाएर भारतलगायत तेस्रो मुलुक</span> <span class='c2'>पुर्याइन लागिका सात चेलीहरुको उद्दार</span>

भीमदत्तनगर, ७ माघ । माइती नेपाल कञ्चनपुरले दुई दिनमा पश्चिम नाका गड्डाचौकीबाट सात चेलीहरुको उद्दार गरेको छ ।

मङ्गलबार पाँचजना र बुधबार दुईजना गरी सातजना युवतीको उद्दार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिईन् ।

उद्दार गरिएकाहरुमा कञ्चनपुरका दुईजना, काठमाडौँंका एक, दाङ एक, कैलाली एक, म्याग्दी एक र चितवनका एकजना युवती रहेका छन् । उनीहरु विभिन्न बहाना बनाएर भारतलगायत तेस्रो मुलुक गइरहेको माइती नेपालले बताएको छ ।

माइती नेपालले चितवन र कैलालीका युवतीलाई आफन्तको जिम्मा लगाएको छ भने बाँकी पाँचजनालाई अनुसन्धानका लागि माइती नेपालको संरक्षणमा राखेको छ । ‘म्याग्दी र काठमाडाँ का युवतीसित हामीले तीनजना युवालाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएका छौँं ।’ संयोजक भट्टले भने –‘युवा पनि युवती बेचबिखनमा लागिरहेको घटना प्रवृतिले देखाएको छ ।’ सबै युवती १७ देखि २६ वर्ष उमेर समूहका रहेका छन् ।

‘पश्चिमी नाका मानव बेचबिखनको केन्द्रविन्दु बनिसक्यो,’ उनले भने–‘सीमामा उद्दार गरेर मात्रै यसको रोकथाम हुँदैन, यसमा सरकार पनि गम्भीर हुनु आवश्यक छ,’ उनले भने । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्