विराटनगरको दुई स्थानबाट १५ लाख बढीको सामान बरामद

<span class='c1'>विराटनगरको दुई स्थानबाट  १५</span> <span class='c2'>लाख बढीको सामान बरामद</span>

विराटनगर । खुला सिमा नाकाको मौका उठाउँदै भारतबाट अबैध रुपमा भन्सार छली ल्याएको सामान मोरङ प्रहरीले विराटनगरको दुई स्थानबाट बरामद गरको छ ।

चोरी पैठारी, राजश्व चुहावट गरी प्लाष्टिकको बोरामा प्याक गरेर फरक फरक समयमा विभिन्न किसिमको लत्ता कपडा लुकाई छिपाई राखेको अवस्थामा मोरङ प्रहरीले गोप्य सुचनाको आधारमा छापा मारेर १५ लाख भन्दा बढीको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका वडा नं. ७ बाट पन्ध्र लाख एक हजार सात सय रुपैया बराबरको सामान बरामद गरेको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी सो किसिमले भारतबाट छलि गरेर ल्याएको सामाग्री विराटनगर १६ बाट पनि ४ लाख बढीको सामान बरामद गरेको छ । बरामद गरिएको सामाग्री आवश्यक कार्वाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्