पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार सम्मेलन गर्दै

<span class='c1'>पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले</span> <span class='c2'>पत्रकार सम्मेलन गर्दै</span>

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन र गठबन्धनबीच तालमेलका लागि भइरहेको छलफलबारे पत्रकार सम्मेलन गर्दैछन् । सोमबार आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्डको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको माओवादी केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले स्थानीय निर्वाचनको तयारी, गठबन्धन दलमा तालमेल र उम्मेदवारी चयनबारे भइरहेको छलफललगायतका अन्य विषयमा जानकारी गराउने बुझिएको छ । पत्रकार सम्मेलनअघि पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्