विराटनगरमा जारी ३ दिने निःशुल्क कृतिम हात प्रतिस्थापन शिविर सम्पन्न

<span class='c1'>विराटनगरमा जारी ३ दिने निःशुल्क</span> <span class='c2'>कृतिम हात प्रतिस्थापन शिविर सम्पन्न</span>

विराटनगर । रोटरी क्लब अफ विराटनगरले आयोजना गरेको ३ दिने नि शुल्क कृतिम हात प्रतिस्थापन शिविर सम्पन्न भएको छ । बैशाख ६ गते देखि ८ गते सम्म संचालन गरिको शिबिरमा मोरङ्ग,झापा,सुनसरी ,ईलाम,भोजपुर लगायत ७ वटा जिल्लाका ८३ जनाले शिविरको सेवा लिई कृतिम हात पाएका थिए ।


न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल बिराटनगर ,करुणा फाउन्डेसन नेपाल र द ह्याण्ड प्रोजेक्ट जर्मनिको सहकार्यमा विराटनगरको न्युरो अस्पतालमा ६ देखि ६५ वर्ष उमेर समुहलाई लक्षित गर्दै शिविर संचालन गरेको थियो। रोटरी क्लब अफ बिराटनगरका अध्यक्ष सुरेन्द्र गोल्छाले विभिन्न कारण लामो समयदेखि हात नभएर असहाय ,बेसहाराको जीवन यापन गर्दै आईरहेको हरुलाई सहारा र केही खुशी दिने उदेश्यले यो शिविर संचालन गरेको बताउनु भयो। उहाले कार्यक्रमको समापन गर्नु हुदै यो शिविरलाई सफल बनाउने साथ र सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो।


३ दिने नि शुल्क कृतिम हात प्रतिस्थापन शिविर समापन कार्यक्रममा करुणा फाउन्डेसनबाट कमल कोईराला,रोटरी क्लब नेपालको असिस्टेन्ट गभर्नर कमल अग्रवाल ,न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पताल बिराटनगरकि निर्देशक रोशनी बिष्ट, कार्यक्रमका प्रमुख अतिथी आर आर एफ सि बासुदेब कोलियान लगायतले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो। साथै समापन कार्यक्रममा शिविरमा सहयोग गर्ने प्रविधिक टोली अन्य व्यक्तिहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्