नबौ राष्ट्रिय प्रांगारिक कृषि मेला विराटनगरमा हुने

<span class='c1'>नबौ राष्ट्रिय प्रांगारिक कृषि</span> <span class='c2'>मेला विराटनगरमा हुने</span>

विराटनगर ८ माघ । प्रांगारिक कृषिको प्रबद्धन, स्थानिय श्रोत साधनको सम्बद्र्धन भन्ने मुल नाराका साथ नबौ राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनी २०७२ विराटनगरमा हुने भएको छ । क्षेत्रिय कृषि निर्देशनालय, पुर्वाञ्चल विराटनगर तथा जिल्ला कृषि विकास कार्यलय मोरङ्गले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागरि चार दिने कृषि मेला लाग्ने जनाएको हो । क्षेत्रिय कृषि निर्देशनालय, पुर्वाञ्चल विराटनगरका क्षेत्रिय प्रशासक तेज बहादुर सुवेदीले आगामी माघ २४ गते देखी २७ गते सम्म विराटनगरको हाटखोलामा लाग्ने जानकारी दिनुभयो । उहाले प्रर्दशनीको उद्देश्य प्रांगारिक कृषि उपजहरु जनसमक्ष परिचीत गराई यसको व्यावशाय प्रबद्धन गर्ने, कृषि प्रणाली अपनाउन कृर्षकहरुलाई जागरुक बनाउने, उपभोक्ता बर्गमा प्रागांरिक कृर्षि उपज स्वस्थ्यकर एवम स्वादिलो हुने सन्देश दिने रहेका बताउनुभयो । साथै उहां मेलाको आकर्षण देशको विभिन्न भागमा उत्पादित प्रागांरिक कृर्षि उपजहरुको प्रर्दशन एवम प्रतियोगिता, खाद्य परिकार, प्रागांरिक कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम रहने पनि जानकारी दिनुभयो । मेलामा करिब १३ लाखको अनुमानित खर्च हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्