सोमबार बिहान ११ बजेसम्म १३ हजार ८ सय ८६ जनाको उम्मेदवारी दर्ता

<span class='c1'>सोमबार बिहान ११ बजेसम्म १३ हजार</span> <span class='c2'>८ सय ८६ जनाको उम्मेदवारी दर्ता</span>

विराटनगर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनय दर्ता आज पनि जारी छ ।

मनोनयन दर्ताका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते मिति छुट्याएको छ । निर्वाचन आयोगका अनुसार सोमबार बिहान ११ बजेसम्म जम्मा १३ हजार ८ सय ८६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

जसमध्ये मेयरतर्फ ६ सय १३, गाउँपालिका अध्यक्षतर्फ ४ सय ७६, उपमेयरमा २ सय ८६, गाउँपालिका उपाध्यक्षमा ३ सय ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी, वडा अध्यक्षमा ३ हजार ५ सय ४६, महिला सदस्यहमा २ हजार ६९, दलित महिला सदस्य १ हजार ६ सय ६४, सदस्यमा ४ हजार ४ सय ४७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराउने आज अन्तिम दिन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्