१ लाख ४१ हजार ४ सय ६८ जना उम्मेदवारी दर्ता

<span class='c1'>१ लाख ४१ हजार ४</span> <span class='c2'>सय ६८ जना उम्मेदवारी दर्ता</span>

विराटनगर । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ४१ हजार ४ सय ६८ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन आयोगले मंगलबार बिहान १०:१५ बजे अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार ३ सय १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ३६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै,अध्यक्ष पदमा ३ हजार ३ सय ६ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार ३ सय ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, वडा अध्यक्ष पदमा मात्र ३३ हजार १११ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यमा २४ हजार २ सय ८३, दलित सदस्यमा २१ हजार ९ सय ७९ र सदस्य पदमा सर्वाधिक ५१ हजार ९२ जनाको उम्मेवादरी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

#OBElectionUpdates

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्