विराटनगर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् ।
निर्वाचन आयोगले शनिवार स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । स्वतन्त्र उम्मेदवारी दिएका साहको अब आधिकारिक चुनाव चिन्ह लौरो भएको छ । आयोगले शनिवार चुनाव चिन्ह दिएसँगै साह मतपरिणाम आफ्नो पक्षमा पार्न महानगरका घरदैलोमा पुगेर भोट माग्न निस्किएका छन् ।