सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

<span class='c1'>सुदूरपश्चिममा छुट्टाछुट्टै घटनामा</span> <span class='c2'>तीन जनाको मृत्यु</span>

कैलाली । कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएका टीकापुर नगरपालिका–१ शिवनगरका ५९ वर्षीय शोभराम थारुको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए ।

यसैगरी जिल्लाको घोडाघोडी नगरपालिका–४, रामशिखरझालाका २२ वर्षीय नरेश बुढाको नजिकैको बेत्नी खोलामा बिजुलीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । करेन्टबाट घाइते भएका बुढाको उपचारका क्रममा सुख्खड अस्पतालमा गएराति मृत्यु भएको हो ।

मृतक बुढासँगै माछा मार्न सोही खोलामा गएका कैलाश ठगुन्ना, अनिल चौधरी र ललित बुढालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जोशीले बताए । जिल्लाको गोदावरी नगरपालिका–४ बन्देगडा गाउँका ४० वर्षीय वीरबहादुर रोकामगरलाई प्रहरीले नजिकैको राजीताल सामुदायिक वनको गैरा खोलामा शुक्रबार मृत अवस्थामा फेला पारेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्