ललितपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-६ सानागाउँ डेरा गरी बस्ने काभ्रे तिमाल गाउँपालिका-५ घर भएका १९ वर्षीय बुद्ध लामा भन्ने सन्तोष तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रुपन्देही, ११ वर्षीया र ७ वर्षीया दुई जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-३ बस्ने रोल्पा लौङ्ग्री गाउँपालिका-४ घर भएका २० वर्षीय भुपेन्द्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका-३ तिनाउ खोला बगरमा गत चैत २१ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।