काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै फोन गर्ने व्यक्तिको प्रहरीले खोजी सुरु गरेको छ ।
विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर बुधबार बिहान करिब १०:३० अज्ञात व्यक्तिबाट फोन आएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुहरुलाई बाहिर निकालिएको थियो ।
विमानस्थलमा खटिएका प्रहरीका अनुसार अवतरण गर्न दिइएको थिए भने सबै उडानहरु रोकिएको थियो ।
सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको थियो ।
सबैतिर चेकजाँच गर्दा शंकास्पद वस्तु नभेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै फोन गर्ने व्यक्तिको खोजी खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हालसम्म आन्तरिक उडान सञ्चालन भएको छैन ।
तस्वीर :बाह्रखरी