जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

<span class='c1'>जबरजस्ती करणी गरेको</span> <span class='c2'>अभियोगमा पक्राउ</span>

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका-१ नयाँबस्ती बस्ने ३० वर्षीय दिपेन्द्र साउदलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साउदले ती किशोरीलाई गत सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उदयपुर, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-३ बस्ने खोटाङ दिप्रुङचुईचुम्मा घर भएका २८ वर्षीय राजन राउतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राउतले ती किशोरीलाई मंगलबार राति त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्