नेप्सेमा ३७ अंककाे गिरावट

<span class='c1'>नेप्सेमा ३७</span> <span class='c2'>अंककाे गिरावट</span>

काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ ।

गत बिहीबारदेखि ओरालो लागेको नेप्सेले, यस साताको अन्तिम कारोबारका दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ । बिहीबार बजार परिसूचक नेप्से ३७.०६ अंकले गिरावट भएर २२३८.६२ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । यो साता तीन दिन कारोबार भएको नेप्से तीन दिन नै गिरावट भएर बन्द भएको छ । नेप्सेमा गिरावट भए पनि कारोबार रकम भने केही बढेको छ । आज बजारमा एक अर्ब ६५ करोडको कारोबार भएको छ । बुधबार एक अर्ब २७ करोडको कारोबार भएको थियो ।

बिहीबार २३२ स्टकमध्ये ८ स्टकको मात्र मूल्य बढेको छ । जसमध्ये जाल्पा लघुवित्तको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सो लघुवित्तको शेयरमूल्य आज १३८ रुपैयाँ २० पैसा बढेर १ हजार ५२० रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । अन्य स्टकको मूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा बढी घटेको छ।

त्यस्तै घलेम्दी हाइड्रो, मैलुङ्ग खोला जलविद्युत कम्पनी, शिवश्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, ग्रीन भेन्चर्स, पञ्चकन्या माई हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, एनआईसी एशिया बैंकको ६ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन्। त्यस्तै, बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्