विराटनगर । मोरङको बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरका उम्मेदवारको सवारीसाधनमा आगजनी गरिएको छ ।
मेयरका उम्मेदवार खेमप्रसाद गौतमको घरमा राखिएको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी गरिएको हो । प्रहरीले आगजनीमा संलग्न आरोपमा सुन्दरहरैंचा–१२ का २८ वर्षीय सुवास पाण्डेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले शुक्रबार बिहान करिब २ बजे भएको आगजनीमा संलग्न आरोपमा एकजना पक्राउ गरेर अनुसन्धान भईरहेको जानकारी दिए ।
आगजनीको खबर पाएसँगै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली गौतमको घर पुगेको थियो। कारको अगाडि र पछाडिको भागमा आगो लगाएको सिसीटिभी क्यामेरा फुटेजमा देखिएको प्रहरीले जनाएको छ। प्रहरीले सिसिटिभी फुटेजका आधारमा पाण्डेलाई नियन्त्रणमा लिएको हो ।