आफ्ना ग्राहकलाई मेस वाई-फाई सिस्टमको सेकेण्डरी राउटर दिदै वर्ल्डलिकं

<span class='c1'>आफ्ना ग्राहकलाई मेस वाई-फाई सिस्टमको</span> <span class='c2'>सेकेण्डरी राउटर दिदै वर्ल्डलिकं</span>

विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिकं कम्युनिकेसनले वाई-फाई कभरेजको क्षमता वृद्धि गर्न आफ्ना ग्राहकलाई २.४ गिगा हर्ज र ५ गिगाहर्ज दुवै फ्री क्वेंसीमा काम गर्ने नोकियाको मेस वाई-फाई डिभाइस दिन सुरु गरेको छ।

नोकिन बिकन ११ सेकेण्डरी राउटरको रुपमा वर्ल्डलिकंका ग्राहकहरुले प्रयोग गर्दै आउनु भएको मुख्य राउटरसँग एउटै एसएसआईडी मा काम गर्नुको साथै एउटै नेटवर्कको रुपमा काम गर्ने हुँदा प्रयोगकर्ताको इन्स्टर्नेटब्राउजिङ्ग छिटो हुनको साथै बजारमा पाइने अन्य सेकेण्डरी राउटरहरुको जस्तो वाई-फाईको एसएसआईडी स्विच गरिराख्नु पर्ने झन्झटबाट प्रयोगकर्ताहरुले मुक्ति पाउने सुरज दाहालले बताए ।

वर्ल्डलिकंको मुख्य राउटरसँग प्रत्यक्ष देखिने स्थानमा वाई-फाईको कभरेज बढाउनु पर्दा ताररहित पनि जोडन सकिने नोकियाको बिकन राउटरमा एलएएन कनेक्सनको लागि १ गिगाहर्ज क्षमताका दुई वटा पोर्टहरु पनि छन् ।२.४ र ५ जी ईनपुट र आउटपुटको लागि दुईदुई वटा एन्टिना राखिएको नोकियाको बिकन डिभाइसको कभरेजको क्षमता १४० मिटर स्क्वायर छ भने यसमा इण्टेलिजेण्ट च्यानल स्विचिंग , ब्याण्ड स्टेरिङ्ग जस्ता विशेषता रहेका दाहालले जानकारी दिए ।

आफ्ना ग्राहकहरु लाई वर्ल्ड्लिङ्कले यो डिभाइसको लागि रु.२५०० डिपोजिट राखेर न्युनतम एक्टिभेसन चार्ज लिएर उपलब्ध गराउन थालेको छ साथै ग्राहकहरुले डिभाइस परिक्षण गर्न पाउने सुविधा पनि उपलब्ध रहेको दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्