विराटनगरमा कात्तिक २० गते हुने म्युजिक फेस्टिभलको तिव्र तयारीमा जुट्दै आयोजक

<span class='c1'>विराटनगरमा कात्तिक २० गते हुने म्युजिक</span> <span class='c2'>फेस्टिभलको तिव्र तयारीमा जुट्दै आयोजक</span>

प्रेम देवान,
विराटनगर ।
नेपाली संगीत, स्थानीय प्रतिभा र सांस्कृतिक गतिविधिको प्रवद्र्धन गर्ने उद्देश्यले विराटनगरमा आायोजना हुन लागेको ‘विराटनगर म्युजिक फेस्टिभल–२०८३’ को लागि आयोजकले तिव्र तयारीमा जुटिरहेको छ । लाइभ इन्टरटेनमेन्टको आयोजनामा यही कातिक २० गते शुक्रबार विराटनगरको जैन भवनमा फेस्टिभलको पाँचौँ संस्करण आयोजना हुन गहिरहेको छ । यसको लागि आयोजकले कार्यक्रमको प्रचार प्रसारको लागि पूर्वका कन्टेन क्रियटरहरुसँग छलफल तथा सम्वाद कार्यक्रम समेत गरिहेको छ ।

विराटनगरको ७ स्थित द स्क्वार रेष्टुरेष्टमा मंगलबार द क्रियर्टस मिट अप समेत गरेको छ । कार्यक्रमलाई भव्य र सव्य बनाउको लागि विराटनगर, ईटहरी ,धरान विराटचौक लगायतका कन्टेन क्रियटरर्सहरुसँग आयोजकले आपसी सम्वाद तथा छmलफल गरि कार्यक्रमलाई भव्य बनाउन कसरतमा जुटेको छ । कातिक २० गते जैन भवनमा दिउँसो ४ बजेदेखि सुरु हुने कार्यक्रममा चर्चित नेपाली रक ब्यान्ड अल्बाट्रोस ( Albatross Band) र रकहेड्स ( Rockheads Band) मुख्य आकर्षणका रूपमा रहेको म्युजिक फेष्टिभलका कार्यक्रम संयोजक सन्तोष महत (सेन्ट्रो) ले जानकारी दिए ।


एक्सट्रिम इनर्जी ड्रिंकको प्रस्तुतिमा हुन लागेको कार्यक्रममा विराटनगर महानगरपालिका मुख्य प्रवद्र्धक रहेको छ। नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठको अवसर पारेर आयोजना हुँदै आएको यस महोत्सवले मनोरञ्जनसँगै सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा विराटनगरका संगीतकर्मीहरूको समूह ‘विराटनगर म्युजिसियन्स ओरिजिनल्स’ ले सांगीतिक प्रस्तुति सँगै विराटनगरका स्थानीय डान्स क्लबहरूको नृत्य प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ । यसअघि चार पटक सफलतापूर्वक आयोजना भइसकेको महोत्सवलाई विराटनगरको प्रमुख सांगीतिक कार्यक्रमका रूपमा स्थापित गर्ने प्रयास भइरहेको आयोजकको भनाइ छ ।


दर्शकलाई मनोरञ्जन प्रदान गर्न अन्तर्राष्ट्रियस्तरको साउन्ड सिस्टम, स्टेज, लाइटिङ र एलईडी स्क्रिन प्रयोग गरिने समेत आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय तथा आधुनिक परिकारका फुड स्टलसँगै प्रायोजक कम्पनीका स्टलसमेत रहने जनाइएको छ ।
लागि अनलाइन तथा भौतिक टिकट खल्तीमार्फत पनि टिकट उपलब्ध हुने आयोजकले जनाएको छ । कार्यक्रममा प्रवेश गर्नको लागि जनरल टिकट ३ सय र भिआईपी १ हजार रुपैया तोकिएको जनाएको छ । कार्यक्रमको उद्घोषण काठमाडौंकी मिस रोनीश्मा श्रेष्ठले गर्ने भएकी छिन् भने कार्यक्रमको अनलाईन मिडिया पार्टनरको रुपमा आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्