आज पनि बिराटनगरबाट हुस्सुका कारण उडान हुन सकेन

<span class='c1'>आज पनि बिराटनगरबाट हुस्सुका</span> <span class='c2'>कारण उडान हुन सकेन</span>

बिराटनगर माघ ११

बाक्लो हुस्सुका कारण दुइ दिन देखि रद्द हुदै आएका उडानहरु आज समेत अवरुद्ध छन् ।

बाक्लो हुस्सु लागेपछि विराटनगरबाट राजधानीलगायतका पहाडी क्षेत्रमा हुने सबै उडानहरु अबरुद्ध भएको हो । सुरक्षित हवाई उडान र अवतरणका लागि १ हजार ६ सयदेखि दुई हजार मिटरसम्म भिजिबिलिटी आवश्यक पर्नेमा आज पर्याप्त भिजिबिलिटी नरहेकोले उडानहरु अवरुद्ध भएको नेपाल नागरिक उड्डयन कार्यालय विराटनगरले जनाएको छ । यद्यपी आज अन्य दिनको भन्दा मौसम विस्तारै खुल्दै गएकाले १ बजे पछाडिका उडान हुनसक्ने अनुमान रहेको कार्यालयले जनाएको छ । आज बुद्ध एयरको ५, यति एयरलाइन्सको ४ र नेपाल एयरलाइन्सको एक गरी १० वटा उडानहरु रहेको जनाइएको छ । शनिबार र आइतबार पनि पर्याप्त भिजिविलिट नभएका कारण विराटनगरबाट हुने सम्पुर्ण उडानहरु रद्द भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्