सुनको मूल्य वृद्धी, चाँदीको स्थिर

<span class='c1'>सुनको मूल्य वृद्धी,</span> <span class='c2'>चाँदीको स्थिर</span>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला एक सयले बढेर ९८ हजार सात सय रुपियाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार छ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय छ । यसको मूल्य आइतबार प्रतितोला ९८ हजार एक सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार २८५ रुपियाँ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७२ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्