बिराटनगरको बजेट करिव ५० करोड

<span class='c1'>बिराटनगरको बजेट करिव</span> <span class='c2'>५० करोड</span>

बिराटनगर माघ ११

विराटनगर उपमहानगरपालिकाले आज आयोजना गरेको बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कार्यकारी अधिकृत गोपाल रेग्मीले आर्थिक वर्ष २०७३/७४ का लागि करिव ५० करोड बराबरको अनुमानित आय व्ययको बजेट सार्वजनिक गरेका छन्  ।

बजेटमा आन्तरिक स्रोतबाट २२ करोड ७९ लाख ४९ हजार, नेपाल सरकारबाट सशर्त अनुदानबाट १८ करोड ५० लाख, निशर्त अनुदानबाट ६ करोड ३७ लाख र विभिन्न दातृ निकाय तथा संघसंस्थाहरुबाट १ करोड १५ लाख र जनसहभागिताबाट ९८ लाख जुटाउने लक्ष्य राखिएको छ । नगरपालिकाले आव २०७२/७३ मा ५१ करोड ४६ लाख ८ हजार आय हुने अनुमान गरेकोमा गत पौष २६ गतेसम्म १५ करोड ४० लाख १८ हजार २ सय ४० रुपैंया मात्र संकलन गरेकाले आगामी वर्षको बजेट पनि महत्वकांक्षी देखिएको छ । नगरपालिकाले यस वर्ष केही नयाँ कार्यक्रम पनि सुरुवात गर्ने लक्ष्य घोषणा गरेको छ । नगरक्षेत्र भित्रका सय वर्ष पुगेका नागरिकलाई नगरकै कोषबाट प्रतिमहिना एक हजार रुपैंया भत्ता दिने कार्यक्रम घोषणा गरेको छ । तर प्रारम्भिक चरणमा यस्ता वृद्धहरु निकै कम हुने देखिएको छ । त्यस्तै विद्युत बचत गर्न एइडि बल्व प्रयोग गर्ने, आफ्नो घरको फोहोर व्यवस्थापन गर्ने, घर अगाडीको नाला सफा गर्ने, हरियाली प्रवद्र्धन गर्ने नगरवासीलाई अनुगमनका आधारमा घर जग्गा करमा १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्