बिराटनगरलाई कलर जोन बनाउन ४ रंग छानियो

<span class='c1'>बिराटनगरलाई कलर जोन बनाउन</span> <span class='c2'>४ रंग छानियो</span>

बिनु तिम्सिना

बिराटनगर उपमहानगरपालिकाले नगरलाइ कलर जोन बनाउने लक्ष्य अनुसार ४ वटा रङ छनौट गरेको छ ।

रंग छनौटका लागि प्राध्यापक डाक्टर सनत बरालको नेतृत्वमा बनेको टोली ४ वटा रंग छनौट गरेको हो । समितिले हरीयो, सेतो, सिम्रीक लगायतका रंगहरु छनौट गरेको छ । समितिले छनौट गरेको रंगहरुलाइ अनलाइन र सामाजिक संजालको माध्यमबाट भोटिङ गरिने र नागरवासीको चहना अनुसार छनौट गरिने पुनम दाहालले जानकारी दिनुभयो । छनौटमा परेर समितिबाट छानिएका ४ वटा कलरलाई फेसवुक तथा बेवसाइटबाट बढी मत ल्याउने रङ नै बिराटनगरको लागि उत्कृष्ट रङ हुने जनाइएको छ । रङ खरिदका लागि नगरकाबासिको लागत रकमको झण्डै ३० प्रतिशत खर्च नगरपालिकाले ब्यहोर्ने छ । पहिलो चरणमा पुष्पलाल चौक देखि रोडशेष चौक सम्मका घरहरुलाइ एकै रंगमा रंगाउने तयारी गरिएको छ । छनौट समितिमा प्राध्यापक डाक्टर सनत बराल, उद्योग संगठन मोरङका सुवेस प्याकुरेल, मोरङ ब्यापार संघका प्रकाश मुण्दडा, बिराटनगर उपमहानगरपालिकाका पुनम दाहाल र टोल नगर समन्वय समितिका राजेश मास्के रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्