‘जनता मार्न पाइदैन, मूल्यवृद्धि चाहिँदैन’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी

<span class='c1'>‘जनता मार्न पाइदैन, मूल्यवृद्धि चाहिँदैन’</span> <span class='c2'>भन्दै सरकारविरुद्ध चर्का नाराबाजी</span>

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकूमा पुगेर अविलम्व खारेज गर्न सरकारसँग माग गर्दै विरोध प्रदर्शन गरेको हो।

जनताको जीवननै धान्न नसक्ने गरी सरकारले मूल्यवृद्धि गरेकाले तत्काल खोरेज गर्न माग गर्दै विरोध प्रदर्शन गर्नु परेको मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले बताए। उनले सो मूल्यवृद्धि तत्काल खारेज नभए जन आन्दोलनको आँधिबेहरी सृजना गरी वर्तमान सरकारनै ध्वस्त पारिदिने चेतावनी समेत दिए।

विरोध प्रदर्शनमा उत्रिएकाहरुले ‘जनता मार्न पाइदैन, मूल्यवृद्धि चाहिँदैन,’ ‘मूल्यवृद्धि तत्काल खारेज गर’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी लगाएका थिए। नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्