इलामको चुलाचुली गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उमदेवार विजयी भएका छन् ।
अध्यक्ष निर्वाचित कांग्रेसका राजेन्द्र केरुङले ६ हजार ६५० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार ओमनारायण खनालले तीन हजार ७५५ मत पाए । नेकपा (एकीकृत समाजवादी)का नारायण लावतीले ५०५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
उपाध्यक्षमा भने एमाले उमदेवार निर्वाचित भएका छन् । निर्वाचित एमालेकी दिलकुमारी लिम्बूले चार हजार ४५० मत पाइन् । दोस्रो स्थानमा रहेका नेपाली (माओवादी केन्द्र)का उमेदवार शुकबहादुर लावतीले तीन हजार ४४२ मत प्राप्त गरे ।