संखुवासभाको भोटखोला गाउँपालिकामा गठबन्धनलाई पराजीत गर्दै अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उमेदवार निर्वाचित भएका छन् ।
पालिकाको अध्यक्षमा एमालेका वाङ छेदर लामा १ हजार ८०३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट एकीकृत समाजवादीका भुङदाक भोटेले १ हजार ४१६ मत प्राप्त गरे ।
उपाध्यक्षमा पनि एमालेकी सहना लामा १ हजार ७९१ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका डुक्पा थिकेपा भोटेले १ हजार ५३६ मत प्राप्त गरे ।