विराटनगरको लक्ष्मीनारायण मन्दिर समिति अध्यक्षमा खतिवडा

<span class='c1'>विराटनगरको लक्ष्मीनारायण मन्दिर</span> <span class='c2'>समिति अध्यक्षमा खतिवडा</span>

विराटनगर । विराटनगर ४ स्थित श्री लक्ष्मीनारायण मन्दिरमा कुमार खतिवडाको अध्यक्षतामा समिति गठन भएको छ । समितिको उपाध्यक्षमा देवराज सुवेदी, महासचिव युवराज धिताल, कोषाध्यक्ष रमेश आचार्य र सचिवमा लालमोहन ठाकुर चयन भएका छन् ।

त्यसैगरी मन्दिरका सदस्यहरुमा शिशिर सुवेदी, देवेन्द्र गुप्ता, मनोज भट्टराई, पुरुषोतम रेग्मी, सुरजा न्यौपाने र सुधा घिमिरे चयन भएको कमिटीले जनाएको छ ।

मंगलबार भएको सभामा स्वामी रामानुज नेपाल, स्वामी खगेन्द्रप्रसाद पोखरेल र शम्भु सुवेदीलाई सल्लाहकारमा मनोनित गरिएको छ । समितिले कार्यसमितिको पूर्णता दिने र मन्दिरका नामबाट बैंक खाता खोल्नेसमेत निर्णय गरेको समितिका उपाध्यक्ष देवराज सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्