“सरकार स्थानिय निकायको निर्वाचनको तयारीमा” – मन्त्री थापा

<span class='c1'>“सरकार स्थानिय निकायको निर्वाचनको</span> <span class='c2'>तयारीमा” – मन्त्री थापा</span>

बिनु तिम्सिना

बिराटनगर माघ १३ 
उपप्रधान एंव संघिय मामिला तथा स्थानिय विकासमन्त्री कमल थापाले सरकार स्थानिय निकायको निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ ।
संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको आयोजनामा आज विराटनगरमा भएको पूर्वाञ्चल भरीका नगरपालिका तथा उपमहानगरपालिकाको समिक्षा गोष्ठिको उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्दै उहाले स्थानिय निकायको निर्वाचनका लागी सरकारले दलहरुसंग राजनितिक परामर्स शूरु गरि सकेको जानकारी दिनुभयो ।
स्थानिय निकायको निर्वाचन गराउन सत्तापंक्ष एक भइ सकेकाले प्रतिपंक्षदल सहमतीमा आउने वित्तिकै निर्वाचनको मिति तोकिने उहाले बताउनुभयो । मुलुक संघीय ढाँचामा गइ सकेकाले सवल , सक्षम तथा व्यवस्थित स्थानिय निकाय हस्तान्तरण गर्न उहाले कर्मचारीहरुलाइ आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्दै संघिय मामिला तथा स्थानिय विकास सहायक मन्त्री विराजबहादुर बिष्टले मुलुकको आर्थिक विकासका लागी स्थानिय निकायको भुमिका महत्वपुर्ण रहने बताउनुभयो । कार्यक्रममा स्थानिय विकास मन्त्रालयका सचिव माधवप्रसाद रेग्मी, सह–सचिव मधुसुधन वुर्लाकोटी तथा पुर्वाञ्चलका क्षेत्रिय प्रशासक महेन्द्रमान गुरुङ लगायतले बोल्नु भएको थियो । स्थानिय निकायको विकास निमार्णकार्यलाइ थप प्रभावकारी बनाउने तथा समस्याहरुका विषयमा अन्तरक्रिया गर्ने उद्देश्यले आयोजना गरिएको एक दिने गोष्ठिमा पुर्वाञ्चलका १६ वटै जिल्लाका स्थानिय विकास अधिकारी तिन उप–महानगरपालिका सहित ५२ वटा नगरपालिकाका कार्यकारी प्रमुख तथा जिल्ला स्थित प्राविधिक कार्यालयका प्रमुखहरुको सहभागित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्