पङ्खा नचलेपछि विराटनगर-३ को मतगणना रोकियो

<span class='c1'>पङ्खा नचलेपछि विराटनगर-३</span> <span class='c2'>को मतगणना रोकियो</span>

विराटनगर । पङ्खाले हावा फाल्न छाडेपछी विराटनगर महानगरपालिका वडा नम्बर ३ को मतगणना रोकिएको छ ।

पङ्खामा प्राविधिक समस्या देखिएर असाध्यै गर्मीमा भएपछि वडा नं. ३ को मतगणना रोकिएको हो । गर्मीका कारण उम्मेदवारका प्रतिनिधि कोठा बाहिर निस्किएपछि मतगणना स्थगित भएको बताईएको छ । पङ्खाको व्यवस्था भएपछि मात्र मतगणना सुरु हुने गणकहरुको भनाई छ ।

यता, विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका पङ्खा मर्मतका लागि ईलेक्ट्रिसियनलाई बोलाईसकिएको जनाएको छ । पङ्खा रिपेयर हुनासाथ मतगणना पनि सुरु हुने कार्यालयका सूचना अधिकारी हेम बहादुर बुढाथोकीले बताएका छन् । वडा नं. ३ को मतगणना मङ्गलबारदेखी सुरु भएको थियो ।

विराटनगर-७ स्थित आदर्श माध्यमिक विद्यालयको विभिन्न कक्षाकोठामा हाल ९ वडाको मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्