पार्टीको झन्डा छानेर मात्रै जिन्दगी नफाल (कविता) – शर्मिला अधिकारी

<span class='c1'>पार्टीको झन्डा छानेर मात्रै जिन्दगी</span> <span class='c2'>नफाल (कविता) – शर्मिला अधिकारी</span>

रोडमा ढुङ्गा,हानेर मात्रै जिन्दगी नफाल
पार्टीको झन्डा छानेर मात्रै जिन्दगी नफाल!

ए नेता तिमी बिकाश गर्ने समय भरिमा
अर्काको खुट्टा तानेर मात्रै जिन्दगी नफाल!

नेपाली युवा नेपाल भित्रै गरेर देखाउ
विदेशी कुरा मानेर मात्रै जिन्दगी नफाल!

हातले सधैं गरेमा काम हुनेछ प्रगती
मुखले कुरा जानेर मात्रै जिन्दगी नफाल!

संसार बाट मरेर जाने यो हाम्रो चोलामा
अरुको गल्ती ठानेर मात्रै जिन्दगी नफाल!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्