विराटनगर । बराहक्षेत्र नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका रमेश कार्कीले १९ हजार २ सय ९३ मत ल्याएर विजयी भएका हुन्। उनले नगरपालिकाका निवर्तमान मेयर नेकपा एमालेका निलम खनालले ५ हजार १ सय३९ मतान्तरले हराएका हुन् । खनालले १४ हजार १ सय ५४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा नेकपा एमालेकी नन्दकुमारी सुनुवार विजयी भइन् । सुनुवारले १५ हजार ७ सय ६६ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अमित गौतमले १० हजार १ सय ४४ मत प्राप्त गरेका हुन् ।
सुनसरीका १२ पालिकामध्ये ११ वटा पालिकाको अन्तिम नतिजा आएको छ। धरान उपमहानगरपालिकाको मात्र अन्तिम परिणाम आउन बाँकी छ।
सुनसरीबाट नेपाली कांग्रेसले १ उपमहानगरसहित ७ वटा पालिकामा जित निकालेको छ। नेकपा एमालेले ३ पालिका जित्दा जसपाले १ पालिकामा प्रमुख पद जितेको छ।