धरान उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज विजयी

<span class='c1'>धरान उपमहानगरको मेयरमा स्वतन्त्र</span> <span class='c2'>उम्मेदवार हर्कराज विजयी</span>

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्। लौरो चुनाव चिन्हबाट उठेका उनी २० हजार ८ सय २१ मत ल्याएर मेयर निर्वाचित भएका हुन्।

उनले सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई हराएका हुन्। किशोरले १६ हजार ५९ मत ल्याएका छन्। उपमेयर भने नेकपा माओवादी केन्द्रले जितेको छ। माओवादीका अइन्द्रविक्रम वेघा २० हजार पाँच सय १० मत ल्याएर विजयी भए। यहाँ नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बू पराजित भए। उनले १७ हजार छ सय छ मत ल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्