विराटनगर । उदयपुरको कटारी नगरपालिका-११ गोठडाँडाकी ४५ बर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर मृत्यु भएको छ ।
आईतवार बिहान आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङले लागेर घाईते भएकी बुढाथोकीलाई उपचारको लागी कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा करिब १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।