बेलायतमा उभौंली उत्सव : नेपाली संस्कृति जगेर्ना गरेकोमा मन्त्री कार्कीद्वारा प्रशंसा

<span class='c1'>बेलायतमा उभौंली उत्सव : नेपाली संस्कृति</span> <span class='c2'>जगेर्ना गरेकोमा मन्त्री कार्कीद्वारा प्रशंसा</span>

लण्डन । किराँत राई यायोख्खा युकेले २०७९ सालको उभौंली आफ्नो प्रकृति पूजा को विधि अनुसार मनाएको छ ।

साकेला किराँत हाउस गेम्बर लाइनमा आयोजित कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले युके भन्दा पनि उभौंली साकेला मनाउन किराँत राज्यमै आएको महसुस भएको बताउनुभयो । बेलायतमा आफ्नो धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने कार्य गरेकोमा उहाँले प्रशंसा व्यक्त गर्नुभएको छ ।

किराँतीहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी इतिहास कोरेको भूमि प्रदेश नं १ मा पर्ने भएकाले किरात संस्कृति प्रदेशकै गौरवको विषय भएको बताउँदै उहाँले किरात संस्कृति र वंशको जगेर्ना गर्न आफू सदा अग्र स्थानमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रमले पुस्ता हस्तान्तरण गरी आफ्नो वंश नेपाल र नेपाली संस्कृतिको सिर उच्च राख्ने कार्य गरेको बताउँदै उहाँले भन्नुभयो, नेपालको इतिहास नै किराँत वंश हुँदै आएको हो । यहाँहरूले विश्व जगतमा पनि नेपाल र प्रदेश चिनाउने कार्यले हाम्रो शिर सगरमाथा भन्दा उच्चो बनाइदिनु भएको छ ।’

किरात राई यायोख्खा बेलायतले १४५ रोपनी जमिन आफै खरिद गरेको छ । सो ठाउँमा धनुष बाण सिक्ने जङ्गल, राईहरूको परम्परा अनुसार चूलो देखि साकेला नाच गर्न पुग्ने गरी जमिन रहेको छ । मन्त्री कार्कीले युकेमा बस्ने किरात राईहरूले आफ्नै पसिनाले खरिद गरेर नेपाल सरकारलाई समेत सकारात्मक सन्देश दिएको बताउनुभयो ।

उहाँले किरात संस्कृति अनुसार भूमि पूजनसमेत गर्नुभयो । मन्त्री कार्कीको भनाइ सुनेर उपस्थित सबैले प्रशंसा व्यक्त गरे । त्यहाँका काउन्सिलरका साथै डिपुटि मेयर समेत उपस्थित कार्यक्रमको अध्यक्षता किरात राई यायोख्खाका अध्यक्ष चन्द्रबहादुर राईले गर्नु भएको थियो । कार्यक्रममा बेलायतमा रहेका विभिन्न ३२ वटा सङ्घ संस्था तथा सङ्गठनको उपस्थिति रहेको थियो । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले ब्रमाण्डको जुनसुकै भु-भागमा पनि नेपाली कला र संस्कृतिको सानदार उपस्पिथिति रहेको बताएका छन् ।

विभिन्न कार्यक्रमा सहभागि हुनका लागि वेलायतमा रहेका मन्त्री कार्कीले त्यहाँ आयोजित साकेला उभौली उत्सव कार्यक्रममा सहभागी हुँदै यस्तो बताएका हुन् । बुद्ध पूणर्ीमा संगै किरात समुदायले मनाउने उभौली पर्व विश्वका हरेक ठाँउमा रहेका नेपाली भाषीहरुले मनाउने गर्दछन् ।
मन्त्री कार्कीले जुनसुकै ठाँउमा पनि आफ्नो कला र संस्कृतिको जगेणर्ा गर्न नेपालीहरु अहोरात्र जुटेको बताए । उभौली उत्सवमा संस्कृति झल्काउने झाँकीमा गैह्रआवासीय नेपालीहरुले सभागिता जनाएका थिए ।

मन्त्री कार्की युके नेपाल फ्रेण्डसीप सोसाइटीले आयोजना गर्ने कार्यक्रम, अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने बारेको छलफलका साथै गोर्खा समुदायका मुद्दाहरू लगाएतका बारेमा जानकारी लिई अर्को साता स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

मन्त्री कार्की युके नेपाल फ्रेण्डसीप सोसाइटीले आयोजना गर्ने कार्यक्रमको प्रमुख अथिति, साकेला उभौलीको अबसरमा किरात राई यायोख्खा बेलायत केन्द्रीय कार्यसमितिले आयोजना गर्ने साकेला उभौली उत्सव २०२२, बुद्ध जयन्तीको अबसरमा आयोजित कार्यक्रमका साथै युके नेपाल जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा सहभागि हुने छन् ।

कार्यक्रमले नेपाली कला संस्कृतिको प्रवर्द्धन र त्यससँग सम्बन्धित नेपालको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ । यस्तै मन्त्री कार्कीले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको सम्बन्धलाई अगाडि बढाउने, गोर्खा समुदायका मुद्दाहरूको बारेमा पनि जानकारी लिने छन् ।

मन्त्रीको स्वागतका लागि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ, महेशकुमार दाहाल, समितिका उपसभापति रिचर्ड गुरुङ, सुभाष राई, महामन्त्री इन्द्रहाङ लिङ्देन, जनसम्पर्क समितिका अन्य पदाधिकारी साथै रोजिहिरा फाण्डेशनकी अध्यक्ष रोजिना प्रधान राई, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका वरिष्ठ सल्लाहकार हिराधन राई लगायत विमानस्थल पुगेका थिए ।

मन्त्री कार्कीले आफ्नो आतिथ्यका लागि सबैप्रति आभार व्यक्त गर्दै बेलायत बसाइमा नेपाली समुदायसंग साक्षात्कार र अन्य अवलोकन भ्रमण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्