गौरादह नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी

<span class='c1'>गौरादह नगरपालिकामा मेयर र</span> <span class='c2'>उपमेयरमा एमाले विजयी</span>

विराटनगर । झापाको गौरादह नगरपालिकामा मेयर र उपमेयरमा एमालेले विजयी भएको छ ।

मेयर पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याएर विजय भएका हुन् । उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार साहलाई पराजित गरेका हुन् । साहले ११ हजार ४ सय ४८ मत ल्याएका छन् । उनी यसअघि यही नगरको नगर मेयर पदमा निर्वाचित थिए ।

उपमेयरमा भने नेकपा एमालेका उम्मेदवार जलवर्षा राजवंशी विजयी भएका छन् । उनले ११ हजार ९ सय १४ मत प्राप्त गरिन् । उनले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार पुष्पलाल ढकाललाई पराजित गरेकी हुन् । ढकालले १० हजार ३ सय ४८ मत मात्र प्राप्त गरे । नेपाली कांग्रेसले माओवादीलगायतका दलसँग गठबन्धन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्