अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

सर्लाही । लालबन्दी नगरपालिका-१३ पत्थरकोटबाट २ सय ३७ केजी अवैध लागूऔषध गाँजा सहित ६ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका-१३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ, उनकै छोरा १९ वर्षीय बिशाल थिङ र १८ वर्षीय किशोर, सोही नगरपालिका-१४ मोटर दोभान बस्ने २१ वर्षीय राज बम्जन, सोही नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोर र सोही नगरपालिका-१३ बस्ने २० वर्षीय सुनिल दोङ रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले कान्छा मानको घर तलासी गर्दा प्लाष्टिकको बोरामा रहेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै अनटेष्ट लेखिएको मोटरसाइकल र प्रदेश २-०३-०११ प ४२८० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्