विन्ध्यवासिनी हाइड्रोपावरले जेठ २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

<span class='c1'>विन्ध्यवासिनी हाइड्रोपावरले  जेठ २० गतेदेखि</span> <span class='c2'>सर्वसाधारणका लागि आईपीओ जारी गर्दै</span>

विराटनगर । विन्ध्यवासिनी हाइड्रोपावरले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ ।

हाइड्रोपावरले यहीँ जेठ २० गतेदेखि सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्ने भएको हो ।

कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामुहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जानकारी दिएको छ ।

जेठ २० गतेदेखि जारी हुँने आईपीओमा जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्