मेरी उनी इन्द्रधनु, लजाएकी हुन् कि? (कविता) – कृष्ण वस्ती

<span class='c1'>मेरी उनी इन्द्रधनु, लजाएकी हुन्</span> <span class='c2'>कि? (कविता) – कृष्ण वस्ती</span>

वैंसभरि रातो रहर सजाएकी हुन् कि ?
मेरी उनी इन्द्रधनु, लजाएकी हुन् कि?

“बोल्दिंन म”यति भनी रिसाएझैं गर्दा
काँढा होइन फूल बनी बिझाएकी हुन् कि ?

लेकबाट बेंसी झर्ने खोला हेरी-हेरी
सम्झी मलाई उनले गाला भिजाएकी हुन् कि?

मुहारमा बिहानको घामको लाली खिप्ने
ओठमा उनले हिमालचुली फिंजाएकी हुन् कि?

आधा आकाश धुम्मिएर आधा आकाश खुल्दी
जूनले मलाई दोछाँयाले रिझाएकी हुन् कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्