शिर्षक : “मलाई बलात्कार गर” (कविता) – अलिशा पौडेल

<span class='c1'>शिर्षक : “मलाई बलात्कार गर”</span> <span class='c2'>(कविता) – अलिशा पौडेल</span>


यौवनका प्यासीहरु हो
नरभक्षीको रुप लिएर आऊ
र मलाई बलात्कार गर
खोल मेरो टिसर्ट खोल
ब्राको हुक निकाल
र गाढ मेरा स्तनहरुमा
आफ्ना तिखा दारा
मेरो जामा खोल

पूरा गर आफ्नो कामवासना
नराख केही बाँकी नराख
टोक्न
चिर्थोर्न
चुम्न
एक एक अङ्गहरु टोक
एक एक अङ्गहरु चिथोर
एक एक अङ्गहरु चुम
म सहनेछु
दुखाइका हर प्रहारहरु
शान्त भएपछि
काम ज्वाला
निचोर मेरो घाँटी निचोर
र फ्याँकिदेऊ झाडीमा
तर
याद राख
मेरो बलात्कारसँगै
मेरो हत्यासँगै
अन्त्य हुनुपर्नेछ
यो बलात्कारको सिलसिला
यो हत्याको श्रृङ्खला
मन्जुर छ भने सर्त
आओ
यौनका भोका ब्वाँसाहरु हो
मलाई बलात्कार गर
म आफू बलात्कृत भएर
म आफू मरेर
बचाउन चाहन्छु
मेरा दिदिबहिनीहरु
मेरा भाउजुबुहारीहरु
मेरा भतिजीहरु
मेरा आमाहरु..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्