रोडशेष चोकको स्तम्भको नयाँ रुप

<span class='c1'>रोडशेष चोकको स्तम्भको</span> <span class='c2'>नयाँ रुप</span>

 

प्रेम देवान

विराटनगर २४ माघ । विराटनगर रोडशेष चोकमा रहेको ऐतिहांसिक स्तम्भलाई कुनै पनि राजनितीक दल तथा त्यसका भातृसंगठनले तोडफोड नगर्ने प्रतिबद्धता जाहेर गरीएको छ । विगत लामो समय देखी सबै राजनितीक दलको आन्दोलन हुदां तोडफोड तथा आगजनी हुने गरेको थियो ।rodses 2

रोडशेषलाई अब एैतिहांसिकको रुपमा पर्यटकिय स्थलको रुपमा परिणत गर्ने समेत राजनितीक दलका नेता, सरकारी कार्यलयका कर्मचारी, नागरिक समाजका अगुवा, उद्योगी व्यापारी, स्थानिय वासीको रहोबरमा उनीहरुले आज एक कार्यक्रविच प्रतिबद्धता व्याक्त गरेका हुन् । कार्यक्रममा नेकपा एमाले मोरङ्गका अध्यक्ष महेश रेग्मी, पुर्व सभासद जयराम यादव, उद्योग संगठन मोरङ्गका शिव शकर अग्रवाल, राजेन्द्र राउत, सुरेस भटराई, मोरङ्गका प्रजिअ तोयम राय, विराटनगर उपमहानगरपालीकाका कार्यकारी अध्यक्ष गोपाल प्रसाद रेग्मी लगायतले रोडशेष चोकलाई हरीयाली पार्क बनाउन सहयोग, गर्ने बताएका छन् । जानकी पोलिटैंक ईन्ड्रस्टिज प्रालिले त्यस स्थानलाई रङ्गरोङगन, सोलार बक्ती जडान, मटर, जाली घेराबन्दी, हरीयाली फुलबगैचा सजावाट गर्नका लागी करीब ५ लाख खर्च भएको जानकी पोलिटैंक ईन्ड्रस्टिज प्रालिका संञ्चालक सन्तोस चौधरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्