प्रेम देवान
विराटनगर २४ माघ ।
नेपाल जेसीजको समृद्ध राष्ट्र निर्माणका लागि सम्वाद र सहकार्य राष्ट्रव्यापी अभियान विराटनगरमा आईपुगेर सम्पन्न भएको छ । माघ २० गते देखी सुदूरपश्चिमाञ्चलको धनगढीबाट सुरु भएको अभियान सकिएको हो । अहिलेको राजनीतिक परिदृष्यमा दलहरुबीच सम्वाद र आपसी सहकार्यको माध्यमबाट राष्ट्र निर्माणको बाटो खोल्ने उद्देश्यले अभियान थालनि गरिएको कार्यक्रमका संयोजक प्रकाश अधिकारीले विराटनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेपालगञ्ज, वीरगञ्ज, जनकपुर, राजविराज, लहानसहित तराईका मुख्य सहरमा बहस चलाइएको जानकारी दिएको हो । अभियानमा मधेशका राजनीतिक दलका नेता तथा युवाले आफूहरुको आन्दोलनलाई देश टुक्राउने रुपमा बुझ्ने गरेको प्रति गुनासो गरेको जेसीजका राष्ट्रिय अध्यक्ष जगतबहादुर पोखरेल जानकारी दिनुभयो ।