मेरील्याण्ड कलेजमा ३ दिने अन्तर्राष्ट्रिय सेमिनार शुरु

<span class='c1'>मेरील्याण्ड कलेजमा ३ दिने</span> <span class='c2'>अन्तर्राष्ट्रिय सेमिनार शुरु</span>

बिराटनगर माघ २७ ,

बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनबाट ईन्टरनेस्नल बिजनेस म्यानेजमेन्टको पढाइ हुँदै आएको मेरील्याण्ड कलेज बिराटनगरमा तीन दिने लिडरसिप सेमिनार आजबाट शुरु भएको छ ।merryland11 बिराटनगरमा कक्षा १२ मा पढिरहेका ८५ जना युवा विध्यार्थीहरुलाई नेतृत्व बिकास तालिम आयोजना गरिएको हो । सेमिनारमा युवाहरूलाई तालिम दिन सिङगापुर , भारत र काठमाडौबाट ट्रेनर ल्याएर पुर्वाञ्चल मै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको सेमिनार आयोजना गरिएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले जानकारी दिनुभयो ।
३ दिन सम्म युवाहरूलाई लिडरसिपको बारे विभिन्न तालिम दिइने ,पुर्वाञ्चलका विभिन्न उध्धमीहरुसंग उध्मशिलताबारे अन्तरक्रिया कार्यक्रम , विभिन्न खेल र प्रयोगात्मक कक्षाहरु संचालन गरिने दाहालले बताउनुभयो ।

यस्ता अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमले युवाहरुलाई नेतृत्व बिकास र आफ्नो करियर निर्माण गर्न मदत मिल्ने कलेजका म्यनेजिंग डाइरेक्टर भेषराज पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्