(कविता) श्रद्धाञ्जली‬ – श्रीमंत भटराई

<span class='c1'>(कविता) श्रद्धाञ्जली‬ </span> <span class='c2'>– श्रीमंत भटराई</span>

निश्चित छ आए पछि जान
तर कस्तो संघर्षमा भुल्यौ
मरुभुमिमा फस्यौ
अन्यौलमा पार्यौ जिन्दगी

राजनीतिका नाममा
दाह्री फुलायौ
ओठ सुकायौ
आफ्नै परिभाषाको संघर्ष गर्यौ
युद्ध जितें भन्यौ
हरेक पटक हार्यौ
न त गल्ति बुझ्यौ
न बुझाउन सक्यौ
उदय र अन्त्यको निश्चिततालाई
तिरस्कार गर्यौ

तिमीले बुझ्यौ त केवल मृत्यु
आज पुग्यौ मृत्युको यात्रामा
हेर मानिसहरु तिम्रै वरिपरि छन्
तस्विरलाई नियाल्छन,
प्यारो भएको नाटक गर्छन्
आफ्नो ठान्छन्
समवेदनाका शब्दहरु पोख्दै
तिम्रो शरीरको समाप्तिको–
हतारो गर्छन्

पूर्णता र सन्तुष्टि खोज्ने यो जीवन
आज तिमीलाई सम्झदैछ
बुढेसकालसम्मको तिम्रो हठ
अनि त्यो संघर्ष
अलेकजेण्डरले भनेजस्तै
आज तिमी रित्तै जाँदैछौं
प्रशंसा गर्ने शब्द बटुल्न गाह्रो होला
तर पनि सम्झनै पर्छ
तिम्रो आदर्श र संघर्षयुक्त जीवनलाई
र भन्नै पर्छ
हार्दिक श्रद्धाञ्जली
तिमी युवा नेतालाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्