कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु

<span class='c1'>कालीकोटमा बाढीले बगाउँदा</span> <span class='c2'>एक जनाको मृत्यु</span>

मान्म । कालीकोटमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

खाँडाचक्र नगरपालिका–२ सुनार खोला तर्ने क्रममा बाढीले बगाउँदा खाँडाचक्र–२ का ४४ वर्षका खड्के विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद प्याकुरेल जानकारी दिनुभयो ।

विकलाई खोला तर्ने क्रममा बुधबार अपराह्न बाढीले बगाएको हो । साथमै गएकी मृतक विककी श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय कालीकोटको टोलीले उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको छ । विक दम्पतीलाई मान्म बजारबाट घर जाँदै गरेका बेला खोलामा बाढी आएर बगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्