सहमतिको सरकार गठनका लागि आफू सधैं तयारः ओली

<span class='c1'>सहमतिको सरकार गठनका लागि</span> <span class='c2'>आफू सधैं तयारः ओली</span>

विराटनगर १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू सधैं तयार रहेको बताएका छन् । आज विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि आफू मन्त्रिपरिषद् विस्तार गर्न तयार रहेको बताए । संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले संघीयताको सीमांकन मधेसी दलहरुले भनेअनुसारभन्दा पनि जनभावनाअनुसार हुने स्पस्ट पारे । उनले आफ्नो भारत भ्रमणअघि नै सीमांकनको विषयमा देखिएका समस्या समाधान गर्ने जानकारीसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्