विराट गोल्डकप फुटबल प्रतियोगिता फाल्गुन ६ गतेबाट

<span class='c1'>विराट गोल्डकप फुटबल प्रतियोगिता</span> <span class='c2'>फाल्गुन ६ गतेबाट</span>

बिराटनगर फाल्गुन २ , विराटनगरमा हुने विराट गोल्डकप फुटबल प्रतियोगिता फाल्गुन ६ गतेदेखि हुने भएको छ। विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरको सहिद रंगशालमा फाल्गुन ५ देखि फागुन १५ गतेसम्म गोल्ड कप फुटबल टुर्नामेन्टको ३१ औं संकरण आयोजना हुने भएको हो। प्रतियोगितामा दश टिम सहभागी हुनेछन्। नेपालका तीन विभागीय टिम, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी तथा मोरङ–११, झापा–११, थ्री स्टार, मनाङ मस्र्याङ्दी क्लब, भुटान–११ तथा भारतको जर्ज टेलिग्राफ, युनाइटेड सिक्किम फुटबल क्लब र बंगलादेशका ए डिभिजन क्लबले भाग लिने जनाइएको छ। प्रतियोगिताको मुख्य प्रायोजक मारुती सिमेन्ट र रमपम चाउचाउ रहेका छन् । प्रतियोगिताको विजेताले ५ लाख एक हजार तथा उपविजेताले तीन लाख एक हजार नगद सहित कप जित्ने छन्। प्रतियोगिताका खेल हरु २ बजे बाट सहिद रंगशालामा हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्