ज्यान मार्ने उद्योगमा फरार राजवाहक पक्राउ

<span class='c1'>ज्यान मार्ने उद्योगमा</span> <span class='c2'>फरार राजवाहक पक्राउ</span>

काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विसं २०७८ असोज १० गते मोरङको विराटनगरस्थित उच्च अदालत गेट अगाडि कमल सिंह लामालाई खुकुरी प्रहार गरी फरार भक्तपुर मध्यपुरथिमिका ४६ वर्षीय रमेश राजवाहकलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले ज्यान मार्ने उद्योगमा फरार रहेका राजवाहकलाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा आज भक्तपुरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका राजवाहकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्