मोरङ, फागुन ३ गते।
मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा आईतबार प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धरान उप-महानगरपालिका १६ बस्ने ३० बर्षिय अशोक राई रहेका छन्।
बिराटनगर उप-महानगरपालिका १८ पारीजात टोलमा भारतबाट लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा शसस्त्र प्रहरी बल सिमा सुरक्षा रानिले खानतलासी गर्ने क्रममा राईका साथबाट लागु औषध डाईजेपाम-३० थान, एभिल -३० थान र लुपोजेसिक ३० थान सहित उनलाई पक्राउ गरेको हो।
पक्राउ भएका राईलाई ईलाका प्रहरी कार्यालय रानिमा ल्याइ थप अनुसन्धान कार्य भईरहेको छ ।