जय मातृभुमी (कविता) – श्रीमन्त भट्टराई

<span class='c1'>जय मातृभुमी (कविता)</span> <span class='c2'>– श्रीमन्त भट्टराई</span>

तिमी कायरता प्रकट गर्छौ 
लुकेर नाकाबन्दी लगाउँछौ
होइन पनि भन्छौ
भाग्ने ठाउँ नपाएपछि 
खुल्यो भन्छौ
लाचार बन्छौ
क्षणिक नाटक मञ्चन गर्छौ 
आफ्नो रङ् फेर्छौ 
छेपारोले जस्तै

 

चिन्दैनौ तिमी हाम्रो शक्ति 
बुझ्दैनौ हाम्रो इमान्दारिता 
स्वार्थीहरुको हात समाउँछौ 
सोझोपनमा फाइदा लुट्छौ

 

सत्य असत्यको उदय
त्यसै भएको होइन पक्कै 
जति असत्यको पक्ष लाग
जति पाप सोच 
वा भनौं जति अराजक बन
जित सत्यकै हुन्छ 
हाम्रै हुन्छ

 

तिमी लुकेरै जित्न खोज
त्यो तिम्रो शैली होला
हामी हजारौ हजार 
लाखौं लाखको बीच 
खुल्ला प्रतिस्पर्धा गछौं 
जित्छौं
यो हाम्रो पहिचान हो 
हामी गोर्खालीको

 

रातो झण्डा फहराउँछौ 
तिम्रो कायरतालाई क्षमा गर्छौ 
यही हो हाम्रो पहिचान 
हाम्रो शान
हाम्रो गौरव 
हामी नेपालीको गौरव
जय मातृभुमी

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्