काठमाडौँ ६ फागुन– ‘म बनाउँछु धरहरा अभियान’ अन्तर्गत धरहरा पुनःनिर्माण कोषको बैंक खाता खोलिएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थापाथलीस्थित राष्ट्रिय बाणिज्य बैंकमा १४३०००१९८००१ नम्बरको खाता खोलेको हो । सो खातामा सहयोग गर्न चाहने इच्छुक जो कोहीले रकम जम्मा गर्न सक्नेछन् ।
अहिलेसम्म खातामा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्का सबै सदस्यको एक–एक महिनाको तलब जम्मा गरिएको छ ।