झापा र कलकताको खेल रोकियो भोली पुन हुने

<span class='c1'>झापा र कलकताको खेल</span> <span class='c2'>रोकियो भोली पुन हुने</span>

DSC_0830प्रेम देवान
विराटनगर ८ फागुन
विराटनगरमा जारी चौथो विराट गोल्डकप फुटवल अन्तरगत शनिवार भएको झापा ११ र भारतको जर्ज टेलिग्राफ स्पोर्ट क्लव कोलकाता बिचको पहिलो क्वाटर फाइनल खेल बरावरीमा रोकिएपछि पून आइतवार हुने गरी स्थगित गरिएको छ । प्रतियोगिता आइतवार बिहान ९ बजे देखी हुने गरी स्थगित गरिएको छ । प्रतियोगिताा दर्शकलाई निशुल्क गरिएको छ । निर्धारित ९० मिनेटका खेल एक एक गोलको बरावरी तथा थप गरिएको २० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि खेल एक दिन पछि सारिएको हो । खेल सुरु भएको १३ मिनेटमा झापाका कर्ण लिम्बुले दिएको पासलाई देवेन्द्र तामाङले हेड माफर्त गोल गर्दै झापालाई अग्रता दिलाउन सफल भएका थिए । तामाङले गरेको अग्रता मध्यान्तर सम्मपनि टिक्न सकेन । पहिलो हापको अतिरिक्त समयको दोस्रो मिनेटमा कोलकाताका तर्फबाट सुरजितले दिएको पासलाई सदुपयोग गर्दै पिन्टु बक्सीले बरावरी गोल फर्काएका थिए । ३३ औ मिनेटमा कलकाताका असिम देव दोहोरो पहेलो कार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सिमित भएको कोलकताले मध्यान्तरपछि उत्कृष्ठ खेल खेलेको थियो । कलकताका प्रशिक्षक रानराम भट्टचार्यलाई रेफरीले मैदान बाहिर निकालिदिएका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्