विराटनगर असार १८ ,
नेकपा एमाले बिराटनगरका नेता राज कुमार गौतमको अमेरिकामा निधन भएको छ। बिराटनगर महानगरपालिका वडा न.१२ का पुर्व वडाअध्यक्ष, बिराटनगर जुट मिलका पुर्व प्रशासक समेत रहेका उनको राती अमेरिकामा निधन भएको हो । उनि २०५४ सालमा वडाअध्यक्ष बनेका थिए ।
उनि परिवार समेत केहि बर्षबाट अमेरिका बस्दै आएका थिए । अमेरिका बसेपनि धेरै समय हाल नेपाल मै उनि बस्दै आएका थिए । केहि दिन अघि मात्रै उनि अमेरिका पुगेका थिए । उनको श्रीमती सहित एक छोरा र एक छोरि रहेका छन् ।